राष्ट्रिय जनगणनाको कार्यक्रम केही समयका लागि स्थगित
प्रकाशित:
२०७८, २० बैशाख
काठमाडौं, २० बैशाख । केन्द्रीय तथ्याङ्क विभागले शुरू गर्न लागेको १२औं राष्ट्रिय जनगणनाको पहिलो चरणको गणना तत्कालका लागि स्थगित भएको छ ।
आउँदो जेठ २५ देखि असार ८ गतेसम्म गर्ने तयारी भएको जनगणनाको कार्यक्रम कोरोना महामारीका कारण केही समयका लागि स्थगित भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले जनगणनाको काम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो । कोरोना महामारी कम भएपछि पुनः मिति तय हुने मन्त्री गुरुङले बताए ।
१२ औं जनगणनाका लागि देशभर ४३ हजार गणक खटिएका छन् । अहिले गणक तथा सुपरीवेक्षक लागि आवश्यक तालिम तथा सूचीकरणको काम चलिरहेको थियो ।
नेपालमा हरेक १०÷१० वर्षमा जनगणना हुँदै आएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार