नेपाल खबर

ट्रमा सेन्टर र वीर अस्पतालमा भ्रष्टचार रोक्न भन्दै कर्मचारी युनियनले दियो उजुरी

काठमाडौं, २० बैशाख । आफैले काम गर्ने संस्थामा भ्रष्टचार भएको भन्दै तत्काल छानविन गरी कारवाही गर्न र भ्रष्टचार रोक्न कर्मचारीहरुले उजुरी दिएका छन् ।
युनियनले कोरोना महामारीको समयमा पनि वीर अस्पताल र ट्रमा सेन्टरमा भष्ट्राचार भएको भन्दै प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति, राज्य ब्यवस्था तथा सुशासन समिति, शिक्षा तथा स्वास्थ्य समिति, सीसीएमसी, अख्तियार , सर्तकता केन्द, स्वास्थ्य मन्त्री, स्वास्थ्य राज्य मन्त्री स्वास्थ्य सचिव, स्वास्थ्य सेवा विभाग, सम्पत्ती शुद्दीकरण विभागमा उजुरी दर्ता गराएका हुन् ।

न्याम्सका पदाधिकारी लगायतमा भष्टाचार छानविन गरी दोषीलाई कारवाही गर्नु पर्ने उजुरीमा माग गरेका छन् । खरिद इकाईले उपकरण, मनिटर, भेन्टिलेटर, एबीजी मेसिन कमिसन नपाएका कारण मर्मत नगरेको, कोटेशनमा महंगोमा सामान तथा ओपीडी छाप किनेको, कोभिड भत्ता र होटललाई पैसा तिर्दा अनियमितता गरेको उनीहरुको आरोप छ ।

यस्तै अघिल्लो वर्षदेखि कै कोभिड भत्ता शैक्षिक भत्ता, सेवा विस्तार भत्ता, औषधि उपचार खर्च नदिएको, अस्थायी, करार, ज्यालादारी कर्मचारीलाई समयमै तलव भत्ता नदिएको, उनीहरुलाई समान सेवा नदिएको भन्दै उजुरी दिएको हो ।

कोभिड फोकल पर्सनले कोभिड शय्या, एचडीयू शय्या, आईसीयू शय्या खाली हुँदा पनि छैन भन्ने गरेको तथा पहुँच हुनेलाई मात्र शय्या उपलब्ध गराउने गरेको आरोप छ । कोभिड भ्याक्सिनमा अहेव युवराज सुवेदी र नवराज श्रेष्ठले अनियमितता गरेको उनीहरुको दाबी छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top