काठमाडौं, १९ बैशाख । नेपाल आयाल निगमले आइतबार विज्ञप्ति जारी गर्दै स्वचालित मुख्य प्रणाली अनुसार पछिल्लो पटक भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको निगमले जनाएको छ ।
तर, अहिले कोभिड–१९ को विषम परिस्थितिमा पेट्रोलियम पदार्थको मूल्यबृद्धि गर्दा मुलुकको अर्थतन्त्र नै असहज अवस्थामा जान सक्ने खतरालाई मनन् गर्दै तत्काल मूल्यबृद्धिलाई रोकिएको निगमले बताएको छ ।

