सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द
अखबार टुडे
प्रकाशित:
२०७८, १९ बैशाख

काठमाडौं, १९ वैशाख । सरकारले सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसअनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
त्यस्तै भारतबाट हुने सम्पूर्ण उडान स्थगित भएको छ भने ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि बन्द गर्ने निर्णय भएको छ ।
अन्य अन्तर्राष्ट्रिय उडान भने मापदण्ड पूरा गरेर कायम राख्ने ती मन्त्रीले बताए ।

प्रतिक्रिया