राष्ट्रपतिद्वारा २७ बैशाखमा संसद अधिवेशन आह्वान
अखबार टुडे
प्रकाशित:
२०७८, १९ बैशाख

काठमाडौं, १९ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गरेकी हुन् ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा आलीले विश्वासको मत लिने जानकारी गराएका थिए । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि यही २७ वैशाखको अपरान्ह १ बजे बैठक आह्वान गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञिप्तमा जनाइएको छ ।

प्रतिक्रिया