मन्त्री ढकाल दम्पतीलाई कोरोना संक्रमण
प्रकाशित:
२०७८, १९ बैशाख
काठमाडौं, १९ बैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोभिड–१९ पोजेटिभ देखिएको छ ।
आइतबार गरिएको स्वाब परीक्षणमा मन्त्री ढकलालाई कोभिड पोजेटिभ देखिएको पर्यटनमन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले जानकारी दिए ।
मन्त्री ढकालसँगै उनको धर्मपत्नी इन्दिरा फूयाँललाई पनि कोभिड पोजेटिभ देखिएको छ । हाल उनीहरू दुबै निवासमै आइसोलेशनमा रहेका छन् । स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ । मन्त्री ढकालकी धर्मपत्नी फूयाँलमा भने सामान्य लक्ष्यण रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार