प्रधानमन्त्रीले विश्वासको मत लिने, २७ वैशाखमा संसद् अधिवेशन बोलाउने तयारी
अखबार टुडे
प्रकाशित:
२०७८, १९ बैशाख

काठमाडौं, १९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले संसद्मा विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बसेको मन्त्रिपरिषद्को बैठकमा जानकारी गराएका हुन् । मन्त्रिपरिषद्लाई जानकारी गराएपछि उनी राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न गएको एक मन्त्रीले बताए ।
सर्वोच्च अदालतको आदेशपछि पार्टी विभाजन भएर बनेको माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने अनुमान गरिएपनि माओवादीले समर्थन फिर्ता लिएको छैन । यस्तो अवस्थामा ओलीले आफूले विश्वासको मत लिने बताएका हुन् । ती मन्त्रिका अनुसार वैशाख २७ गते संसद् अधिवेशन बोलाउने तयारी गरिएको छ ।

प्रतिक्रिया