आइतबार एकैदिन ७,२११ संक्रमित थपिए, २७ जनाको मृत्य
अखबार टुडे
प्रकाशित:
२०७८, १९ बैशाख

काठमाडौं, १९ बेशाख । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट ७,२११ जना संक्रमित थपिएका छन् भने २७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर र ६२३ एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
आइतबार सक्रिय संक्रमित संख्या ४८ हजार ७११ पुगेको छ ।

प्रतिक्रिया