विमला खत्री माओवादीमा प्रवेश, एकल बहुमतको सरकार बनाउन पोखरेललाई धक्का
अखबार टुडे
प्रकाशित:
२०७८, १९ बैशाख

काठमाडौं, १९ बैशाख । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित प्रदेश सभा सदस्य विमला खत्रीले माओवादी केन्द्र रोजेसँगै लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेललाई बहुमतको एकल सरकार बनाउन चुनौती थपिएको छ ।
दाङ क्षेत्र नम्बर ३ (ख)बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपचुनाव जितेका थिइन् । सर्वोच्चको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र बिउँतिएपछि उनी दुवै समूहमा खुलेका थिएनन् ।
खत्रीले आइतबार माओवादी केन्द्र रोजेको औपचारिक जानकारी प्रदेश सभालाई गराइ सकेकोे छ ।

यो सँगै १६८ को १ अनुसार बहुमत प्राप्त दलको हैसियतले सरकार बनाउने बाटो मुख्यमन्त्री पोखरेलका लागि असहज बनेको छ ।

गण्डकी प्रदेशमा मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिएलगत्तै एमालेको संसदीय दलको बैठकले फेरि पोखरेललाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया