अक्सिजन अभाव हुँदा कोरोना संत्रमित ८ जनाको ज्यान गयो
अखबार टुडे
प्रकाशित:
२०७८, १९ बैशाख

दिल्ली, १९ बैशाख(एजेन्सी) । अक्सिजन अभावका कारण भारतको राजधानी नयाँ दिल्लीको बत्रा अस्पतालमा ८ जना कोरोना संत्रमित बिरामीको ज्यान गएको छ । ज्यान गुमाउनेमा अस्पतालका ग्यास्ट्रोलोजी विभागका अध्यक्ष समेत रहेको बताइएको छ ।

अस्पतालले बिहान जरुरी सूचना निकालेर जम्मा २ घण्टाको लागि मात्रै अक्सिजन मौज्दात रहेको जनाएको थियो । कतैबाट पनि अक्सिजनको जोहो गर्न नसक्दा ८ जनाको ज्यान गएको खबरमा उल्लेख छ ।
यसैबीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्र सरकारले दिल्लीलाई कोटा अनुसारको अक्सिजन नदिएकाले बिरामीको ज्यान गएको भन्दै दुःख व्यक्त गरेको छ ।
ट्वीटमा केजरीवालले भनेको छ, ‘दिल्लीमा ९ सय ७६ टन अक्सिजनको माग रहेकोमा जम्मा ३ सय १२ टन मात्रै उपलब्ध गराइएको छ, यति कम अक्सिजनमा दिल्लीले कसरी श्वास लिने ?’

प्रतिक्रिया