लुम्बिनीका मुख्यमन्त्री पोखरेलको राजीनामा, अर्को नबनेसम्म उनैलाई कार्यभार
प्रकाशित:
२०७८, १९ बैशाख

काठमाडौं, १९ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । आफूमाथि परेको अविश्वास प्रस्तावमाथि मतदान हुन एक दिनअघि उनले आइतबार बिहान राजीनामा दिएका हुन् ।
नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उद्देश्यले पोखरेलले आफूले राजीनामा दिएको उनले बताएका छन् । पोखरेलले दिएको राजनीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गरिसकेका छन् । अर्को सरकार नबन्दासम्म पोखरेललाई नै मुख्यमन्त्रीको कार्यभार सम्हाल्न प्रदेश प्रमुखले जिम्मेवारी तोकेका छन् ।
लुम्बिनी सभामा आइतबार अविश्वासको प्रस्ताव संसद् बैठकमा प्रस्तुत हुने र सोमबार टुंग्याउने गरी तयारी थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
एसइई परीक्षाको तयारी पूरा, यस्तो छ तालिका
अमेरिकाले सोध्यो- के राष्ट्रसंघीय सहायता निकायको कम्युनिस्टसँग सम्बन्ध छ ?
गाजामा इजरायलद्वारा हवाई आक्रमण, तीन पत्रकारसहित नौ जनाको मृत्यु
ट्रम्प प्रसाशनद्वारा रसियासहित यी ४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने तयारी
‘पूर्वविशिष्टलाई सुविधा थप्ने सरकारको कुनै तयारी छैन’