पोर्चुगलको यो झोलुङ्गे पुल संसारकै लामो भएको दावी !
अखबार टुडे
प्रकाशित:
२०७८, १८ बैशाख

काठमाडौं । पोर्चुगलको आरोकामा पैदलयात्री हिँड्ने संसारकै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण भएको दावी गरिएको छ । विभिन्न अन्तर्राष्ट्रिय मिडियाका अनुसार उक्त झोलुङ्गे पुल सर्वसाधारणका लागि औपचारिक रूपमा मे ३ तारिखमा खुला गरिनेछ ।

सो पुल निर्माणमा लागत कुल २८ लाख अमेरिकी डलर खर्च भएको बताइएको छ । उक्त पुलको लम्बाइ ५१६ मिटर रहेको छ । तर, बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुलकै लम्बाई ५६७ मिटर लामो रहेको बताइएको छ । जसलाई एसियाकै लामो झोलुङ्गे पुल भनिएको छ ।

लम्बाइ ५१६ मिटर,पोर्चुगल

लम्बाई ५६७ मिटर, नेपाल


यस्तै, स्विटजरल्याण्डको जेरमेटमा संसारको सबैभन्दा लामो झोलुङ्गे पुल बनेको बताइएको थियो । उक्त पुलको लम्बाइ ५ सय मिटर लामो छ ।
यस्तै, ग्रेबेनगुफर नदीबाट ८५ मिटरमाथि बनेको यो पूलको नाम यूरोपाब्रुक राखिएको छ । जेरमेट पर्यटन बोर्डका अनुसार यो संसारको सबैभन्दा लामो झोलुङ्गे पुल भनिएको थियो । यद्यपी, अट्रियाको रुएटमा १ सय १० मिट अग्लो र ४ सय ५ मिटर लामो झोलुङ्गे पूल रहेको छ ।
जेरमेट पर्यटन बोर्डका अनुसार उक्त नयाँ पूललाई आठ टन तौलको तारले जोडिएको छ जसका कारण मानिसहरु हिँड्दा यो पुल हल्लिँदैन ।

प्रतिक्रिया