आन्तरिक तथा बाह्य उडान बन्द गर्न सीसीएमसीको सिफारिस
अखबार टुडे
प्रकाशित:
२०७८, १८ बैशाख

काठमाण्डौं, १८ बैशाख । नेपालमा बढ्दो कोरोनाभाइरस सङ्क्रमणबीच कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सङ्क्रमण तीव्र बनिरहेका मुलुकहरूबाट नेपाल आउने यात्रु रोक्न र आन्तरिक उडान बन्द गर्न सिफारिस गरेको छ ।
कोरोना महामारी नियन्त्रणबाहिर जान सक्ने भएकाले आन्तरिक उडान बन्द गर्न सिफारिस गरिएको संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले जानकारी दिए ।
सुरक्षाका उपाय अपनाएर उडान गर्दा पनि जोखिम नै देखिएकाले उडान बन्दको सिफारिस गरिएको मन्त्री ढकालको भनाइ छ ।
यसैबीच सरकारले कोरोना सङ्क्रमणको अवस्था भयावह भएका देशबाट नेपालमा हुने उडान रोक्ने तयारी गरेको छ ।
सीसीएमसीले भारत, अमेरिका, बेलायत लगायतका सङ्क्रमण उच्च रहेका देशबाट नेपालमा हुने उडान रोक्न सिफारिस गरेको पर्यटनमन्त्री ढकालले जानकारी दिए ।
सीसीएमसीका सिफारिस मन्त्रिपरिषद्ले पारित गरेपछि लागू बताइएको छ ।

प्रतिक्रिया