२४ घण्टामा ५७६३ जनामा संक्रमण पुष्टि, १९ को मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, १८ बैशाख

काठमाडौं, १८ बैशाख । नेपालमा शनिबार थप ५७६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो हालसम्मकै धेरै हो । गत वर्षको २१ अक्टोबरमा नेपालमा ५७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसयता शनिबार हालसम्मकै धेरै जना ५७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार पनि ५७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै, सोही अवधिमा १९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । योसहि नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया ३ हजार २९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया