अफगानिस्तानमा कार बम विस्फोट हुँदा कम्तीमा ३०को मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, १८ बैशाख

काबुल, १८ बैशाख । अफगानिस्तानमा कार बम विस्फोट हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।
भीडभाड रहेको सडकमा शुक्रबार गराइएको विस्फोटमा परी अन्य ७० जना घाइते पनि भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।
अफगानिस्तानको पूर्वी लोगार प्रान्तको राजधानी पुल ए अलाममा रहेको प्रान्तीय अस्पताल बाहिर सडकमा विस्फोटनको घटना भएको हो । स्थानीय समय अनुसार बेलुका ६.५० मा घटना भएको थियो ।
प्रारम्भीक विवरण अनुसार विस्फोटन भएको कारका चालकले गलत तरिकाले कार चलाएर विस्फोट भएको थियो । घटनामा परेका मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको सङ्ख्यामा बृद्धि हुन सक्ने स्थानीय अधिकारीहरुले बताएका छन् ।
विस्फोटनका कारण प्रान्तीय अस्पतालको भवन र सँगै रहेको एम्बुलेसन्समा पनि क्षती पुगको अधिकारीहरुले जनाएका छन् ।
घटनाबाट प्रभावित भएका मध्ये धेरै जना स्वास्थ्यकर्मीहरु समेत रहेका छन् । त्यसैगरी विश्वविद्यालयको प्रवेश परिक्षामा सहभागी हुन लोगार जिल्लाबाट आएका विद्यार्थीहरु पनि घटनामा परेका छन् ।

प्रतिक्रिया