लोकेनको पालाम साक्थिम (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७८, १८ बैशाख

काठमाडौं, १८ बैशाख । म्युजिक भिडियो निर्देशनमा व्यस्त रहँदै आएका निर्देशक लोकेन साँवा लिम्बूको शब्दरचना रहेको नयाँ लिम्बू गीत पालाम सार्वजनिक भएको छ । ‘पालाम साक्थिम’ बोलको उक्त पालाममा सुमन लिम्बूको लय संकलन र अशोक लोहरुङ राईको एरेन्ज रहेको रहेको छ ।

यस पालामलाई सुमन लिम्बू, निरन्ता नेम्बाङ, दिवस पयाँगू, दीपा सुहाङ, भीमसागर मादेम्बा, रोजिना थेगिम, शम्भू फोम्बो, सिर्जना जबेगुले गाएका हुन् ।
केःसाङ्ला प्रदर्शन समिति, काठमाडौंले निर्माण संयोजन गरेको भिडियोमा भीम तुम्बाहाम्फे, बिमला खजुम, सलमान थलङ, मन्जु आङ्देम्बे, मोहन थेबे, सनम पयाँगू, मनु थक्लुङ लिम्बू, पूर्ण सेत्लिङ, सुक्मिता केरुङ, शम्सेर तुम्बाहाम्फे, सनी बेघा, शारदा राई, प्रज्ञा इजम, निर्मल लिवाङ, रुथ लिम्बूले अभिनय गरेका छन् ।
लोकेनकै निर्देशन रहेको भिडियोमा बिमला तामाङको शुँगार, अरुण बरुण न्यौपाने लोकेन साँवाको छायाँकन र विकाश दाहालको सम्पादन रहेको छ ।

प्रतिक्रिया