अमेरिकाले नेपाललाई कोरोनाविरुद्ध लड्न ८५ लाख डलर सहयोग घोषणा, खोप आपूर्तिमा पनि प्राथमिकता
अखबार टुडे
प्रकाशित:
२०७८, १८ बैशाख

काठमाडौं, १८ बैशाख । अमेरिकाले नेपाललार्ई कोरोना भाइरस विरुद्धको लागि ८५लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
अमेरिकी दूतावासले शुक्रबार विज्ञप्ती जारी गर्दै सहयोग नियोगमार्फत रकम उपलब्ध गराउने घोषणा गरेको हो ।
विज्ञप्तीमा कोरोना परीक्षण, संक्रमित पहिचान, केसको अनुसन्धान, उपचार, संक्रमण रोकथाम र नियन्त्रण, सीमा नियन्त्रण र अन्य संघीय, प्रादेशिक र स्थानीय तहका लागि सहयोग गर्न लागेका हौं’ विज्ञप्तीमा उल्लेख छ ।

यसैबीच, अमेरिकाले कोभिड–१९ विरुद्धको लडाइमा आफू नेपालसँगै उभिएको बताउदै अमेरिकी दूतावासकी प्रवक्ता अन्ना रिचे एलेनले भने आफूले वितरण गर्ने भनेको कोरोनाविरुद्धको खोपको आपूर्तिमा नेपाललाई प्राथमिकतामा राख्ने प्रतिबद्धता समेते व्यक्त गरेको छ ।
राष्ट्रसंघको खोप आपूर्ति कार्यक्रम कोभ्याक्समा अमेरिकाले २ बिलियन डलरको प्रतिबद्धता जनाएको र थप २ बिलियन डलर सहयोग हुन लागेको समेत उनले जनाएकी छिन् ।
उपलब्ध हुने वित्तिकै अमेरिकाले अस्टाजेनेका खोप वितरण सुरु गर्ने समेत उनले जनाएकी छिन् ।

प्रतिक्रिया