भारतको एक अस्पतालमा आगलागी हुँदा १८ व्यक्तिको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, १८ बैशाख

अहमदावाद, १८ बैशाख (एजेन्सी) । भारतको एक अस्पतालमा आगलागी हुँदा अस्पतालमा सेवारत दुई नर्ससहित कम्तीमा १६ कोभिड–१९ सङ्क्रमित विरामीको मृत्यु भएको भारतीय अधिकारीहरूले बताएका छन् । पश्चिमी राज्य गुजरातको भरुच अस्पतालमा आगलागी भएको हो ।
स्थानीय समयअनुसार शनिबार बिहान १बजे आगलागी हुँदा अस्पतालमा करिब ५० अन्य बिरामीहरू थिए । आगो केही समयपछि नियन्त्रणमा आएको थियो ।
स्थानीय प्रहरी अधिकारी राजेन्द्रसिंह चुडासमाले घटनामा दुई नर्ससहित १८ व्यक्तिको मृत्यु भएको पुष्टि गरे ।
उनले भने, ‘आगलागी अस्पतालको आईसीयूमा रहेको तारमा समस्या आउँदा आगलागी हुनपुगेको प्राथमिक अनुसन्धानबाट थाहा हुन आएको छ ।’ उक्त घटनामा अधिकांश व्यक्तिको निशास्सिएर श्वासप्रश्वासमा समस्या हुँदा मृत्यु भएको बताइएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडितपरिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया