भारतबाट फर्कनेलाई ५ वर्ष जेल र ६६ हजार डलर जरिवाना तिराउने अष्ट्रेलिया सरकारको चेतावनी
अखबार टुडे
प्रकाशित:
२०७८, १८ बैशाख

काठमाण्डौं, १८ बैशाख । अष्ट्रेलियाले भारतबाट फर्कने आफ्ना नागरिकलाई पाँच वर्षसम्म जेल वा ६६ हजार डलार अथ्वा दुवै सजाय गर्न सक्ने भएको छ ।
भारतमा कोरोना महामारी बढेसँगै अष्ट्रेलिया सरकारले भारतबाट आफ्ना नागरिकसहित सबै यात्रुलाई रोक लगाएकोे हो । जबर्जस्ती गरेमा उत्त सजाय गर्न सक्ने नियम पारित गरेको बीबीसीले जनाएको छ ।
यसै साताको शुरूतिर अस्ट्रेलियाले भारतबाट हुने सबै उडानहरूमाथि प्रतिबन्ध लगाएको थियो ।
भारतमा अहिले ९ हजार अष्ट्रेलियाका नागरिक रहेकामा ६ सय जनालाई जोखिमयुक्त समूहमा राखिएको खबरमा उल्लेख छ ।
आफ्ना परिवार भारतमा कोरोनासँग सङ्घर्ष गरिरहेको अवस्थामा सरकारले यस्तो नियम लगाउनु गलत भएको आवाज उठे पनि अष्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले भने सरकारले हल्का ढङ्गले निर्णयहरू नगरेको बताए ।

प्रतिक्रिया