विराटनगर महानगरपालिकासहित तीन गाउँपालिकामा निषेधाज्ञा
अखबार टुडे
प्रकाशित:
२०७८, १७ बैशाख

विराटनगर, १७ बैशाख । कोराना संक्रमणको दर उच्च हुँदै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकासहित तीन गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले शनिबार राति १२ बजेदेखि लागू हुने गरी सात दिनका लागि निषेधाज्ञा गरिएको बताए । विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका, जहदाँ गाउँपालिका तथा कटहरी गाउँपालिकाको १, २ ३ र ४ नम्बर वडामा निषेधाज्ञा जारी गरिएको हो ।
कोरोनाको दोश्रो लहरसँगै यी क्षेत्रमा संक्रमित हुनेको दर बढेको निष्कर्षसहित स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको जनाएको छ ।
शुक्रबार बसेको बैठकले निषेधाज्ञा जारी गर्ने र निषेधित क्षेत्रमा अत्यावश्यक बस्त्र बाहेकका सेवाहरू बन्द गर्ने निर्णय भएको उनले बताए । सवारी साधनलाई पूर्ण रुपमा आवातजावत गर्न रोक लगाइने बताउँदै उनले दैनिक उपभोग्य वस्तुका पसल विहान १० बजेसम्मका लागि खोल्न दिने निर्णय भएको बताए ।

प्रतिक्रिया