नेपालले वरीयतामा ६८औँ स्थानमा रहेका इराकसँग फुटबल खेल्ने पक्का ! कहाँ, कहिले ?
अखबार टुडे
प्रकाशित:
२०७८, १७ बैशाख

काठमाडौं, १७ बैशाख । नेपाली राष्ट्रिय फुटबल टिमले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले जेठमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
इराकको बास्रा अन्तर्राष्ट्रिय रंगशालामा हुने मैत्रीपूर्ण खेल जेठ १५ मा हुनेछ । नेपालले हालसम्म इराकसँग सन् १९८२ र २००१ को अप्रिल १४ र २३ गरी ३ पटक खेलिसकेको छ । उत्त तीनै खेल नेपालले गुमाएको छ ।
फिफा वरीयतामा इराक ६८ स्थानमा रहेको छ भने नेपाल १७१ औं स्थानमा रहेको छ ।
विश्वकप छनोटको समूह ‘बी’मा रहेका नेपाल ५ खेलमा १ जित र ४ हार सहित ३ अंक जोडेर तालिकाको चौथो स्थानमा छ । नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ ।
यस मैत्रीपूर्ण नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको पहिलो खेल हुनेछ । प्रशिक्षक अब्दुल्लाहले बन्द प्रशिक्षणका लागि ३२ खेलाडीलाई बोलाएको छ । नेपाली टिमले आगामी मे १७ बाट प्रशिक्षण थाल्ने बताइएको छ

प्रतिक्रिया