म्यानमार सेनाद्वारा युद्धविरामको घोषणा : थप एक महिना स्थगित
अखबार टुडे
प्रकाशित:
२०७८, १७ बैशाख

याङ्गुन, १७ बैशाख (एजेन्सी) । म्यानमारको सेनाले युद्ध विरामको समयावधि एक महिना थप गरेको छ ।
आगामी मे ३१ सम्म सेनाबाट हुने कारबाही सम्बन्धी कुनै पनि क्रियाकलाप नहुने सेनाले शुक्रबार जानकारी दिएको हो ।
प्रधान सेनापतिको कार्यालयद्वारा जारी वक्तव्यमा वर्तमान विशेष परिस्थितिलाई मध्यनजर गर्दै युद्धविरामको समयावधि लम्ब्याइएको उल्लेख छ ।
सेनाले कारबाही सम्बन्धी कामहरु नगरे पनि आन्तरिक तथा प्रशासनिक र नियमित कामहरु भने गरिरहने पनि वक्तव्यमा जनाइएको छ ।
म्यानमारको सेनाले गत फेब्रुअरी १ मा सत्ता हातमा लिएर शासन गर्न थालेको छ भने नेताहरुलाई बन्दी बनाइएको छ । सेनाले सत्ता नियन्त्रणमा लिएको विरोधमा आन्दोलन भइरहेको छ । आन्दोलनका क्रममा सयौँको मृत्यु भइसकेको छ भने हजारौँ घाइते भएका छन् ।

प्रतिक्रिया