तत्काल खोप उपलब्ध गराउन रुसलाई आग्रह
अखबार टुडे
प्रकाशित:
२०७८, १७ बैशाख

काठमाडौं, १७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले रुसबाट खरीद गर्ने क्रममा रहेको कोभिड–१९ विरुद्धको खोप ‘स्पुतनिक–भी’ तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न रुसी राजदूतलाई आग्रह गरेका छन् ।
नेपालका लागि रुसी महासंघका राजदूत अलेक्सेई नोभिकोभसँग भएको भेटमा प्रधानमन्त्री ओलीले सो आग्रह गरेका हुन् । राजदूत नेभिकोभसहितका प्रतिनिधिले नेपाललाई खोप उपलब्ध गराउनेतर्फ आफूहरु सकारात्मक रहेको जवाफ दिएका थिए ।
औषधि व्यवस्था विभागले ‘स्पुतनिक–भी’लाई नेपालमा प्रयोग गर्नका लागि अनुमति प्रदान गरिसकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटमा दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन गरिएका प्रयासलाई थप गति दिनेबारे पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया