पर्व मनाउने क्रममा भागदौड मच्चिँदा कम्तिमा ३८जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, १७ बैशाख

इजरेल, १७ बैशाख (एजेन्सी) । उत्तर पूर्वी इजरेलमा हासिडिक यहुदी पर्वका बेला भएको भागदौडमा परेर कम्तीमा ३८जनाको ज्यान गएको छ ।
माउन्ट मेरोनको फेदीमा उक्त पर्व मनाउन एक लाख बढी सहभागी मानिसहरुबीच नाचगान चलिरहेका बेला एक्कासी भागदौड मच्चिँदा उत्त मानिसहरुको ज्यान गएको हो । तर, अधिकारीहरूले मृत्यु हुनेको आधिकारिक संख्या जानकारी गराएका छैनन् ।
आपत्कालीन सेवा प्रदायकहरूले घटनास्थलमा घाइतेहरूको उपचार गरिरहेको तर धेरै भिड भएकाले उद्धार कार्यमा कठिनाइ भएको उनीहरूले पनि बताएका छन् ।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसलाई ‘गम्भीर क्षति’ भनेका छन् । उनले घटनामा हताहती भएकाहरुका लागि प्रार्थाना गरिरहेको बताएका छन् ।

दोस्रो शताब्दीका रब्बी सिमोन बार एचाईको सम्झनामा हरेक वर्ष हजारौं अर्थोडक्स यहुदीहरू उक्त ठाउँमा भेला हुने गर्छन् । भेला भएकाहरूले रातभरि आगो बालेर नाचगान गर्ने चलन छ ।

प्रतिक्रिया