लुम्बनी प्रदेशमा जसपाका ४ सांसद पदमुक्त
अखबार टुडे
प्रकाशित:
२०७८, १६ बैशाख

लुम्बिनी, १६ बैशाख । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)का चार प्रदेशसभा सदस्य पदमुक्त भएका छन् ।
पार्टीको निर्णय विपरित सरकारमा सहभागी भएको भन्दै (जसपा)ले लुम्बिनी प्रदेशका ४ जनासभा सदस्यलाई कारवाहीगर्दै पदमुत्त गराएको हो ।
प्रदेशसभाले शुक्रबार सूचना प्रकाशित गरी सन्तोगाकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सूचना प्रकाशित गरेको छ ।

प्रतिक्रिया