मनाङ्गेले खाए मन्त्रीको सपथ
अखबार टुडे
प्रकाशित:
२०७८, १६ बैशाख

गण्डकी, १६ बैशाख । गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री स्वतन्त्र सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङ बनेका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितीमा उनलाई प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश नीति तथा योजना आयोगको हलमा सपथ खुवाएका हुन् ।
प्रदेशसभामा आफूविरुद्धको अविश्वासको प्रस्ताव पेस भएको बेला गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालयमा मनाङ्गेलाई मन्त्री बनाइएको हो ।
यसअघि माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय भने खाली रहेका छन् भने कानुन मन्त्रालयको जिम्मा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत र कृषि मन्त्रालय मुख्यमन्त्री गुरुङले आफैंले राखीसकेका छन् ।

प्रतिक्रिया