नेपाल खबर

उपत्यकासहित देशको अधिकांश क्षेत्रमा मौसम बदली : विभिन्न स्थानमा वर्षा

काठमाडौं, १६ बैशाख । काठमाडौं उपत्यकासहित देशभरीको मौसम बदली भएको छ । देशका अधिकांश क्षेत्रमा अहिले वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण नेपालको सबै प्रदेशको पहाडी क्षेत्रमा वर्षा भएको र उत्त क्षेत्रमा दुई दिनसम्म पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।
तराई क्षेत्रमा भने मौसम बदली भई वर्षा भए पनि ठूलो पानी नपर्ने सम्भावना रहेको विभागले जनाएको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top