गाई काटेको अभियोगमा परियार पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७८, १६ बैशाख


भोजपुर, १६ बैशाख ।
भोजपुर नगरपालिका–६ भगेरी बस्ने ४४ वर्षीय गोपाल परियारलाई गाई काटेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमा गाई काटेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको हो ।
भोजपुरका स्थानीयहरुले असन्तुष्ट व्यत्त गर्दै भनेका छन् ‘सरकारले संविधानमै उल्लेख गरी धर्मलाई समान रुपमा मान्ने तर अझै गाइ काटेको अभियोगमा पक्राउ गरी दुख दिने’, यस्ता कार्य रोक्न माग गरेका छन् ।
पशु काट्न पाउनु र गाइ काट्न नपाउनुमा कुनै फरक नभएको उनीहरुको तर्क छ ।

प्रतिक्रिया