नेपाल खबर

पूर्वरानी कोमल आइसियूमा

काठमाडौं । कोरोनाबाट संक्रमित पूर्वरानी कोमल शाहलाई आइसियूमा सारिएको छ । शाहमा अक्सिजनको मात्रा कम देखिएपछि बिहीबार (आज) आइसियूमा सारिएको अस्पतलाले जनाएको छ ।
अस्पतालका अनुसार कोमल शाहको श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह, उनकी पत्नी कोमल र छोरी प्रेरणाको उपचार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भइरहेको छ । ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top