सरकारद्वारा १२० जनाको मुद्दा फिर्ता लिने निर्णय (नामावलीसहित)
अखबार टुडे
प्रकाशित:
२०७८, १५ बैशाख

काठमाडौं, १५ बैशाख । सरकारले मधेश आन्दोलनाम क्रममा प्रतिवादी बनाइएका १२० जनाको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । पछिल्लो समय सत्ता समिकरणका लागि जसपासँग छलफलमा रहेकै बेला पार्टीका महन्थ ठाकुर पक्षधर नेताहरुको माग बमोजिम मधेस आन्दोलनका क्रममा लगाइएका फौजदारी मुद्दाहरू फिर्ता लिने निर्णय गरेको हो ।


मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले सरकार वादी भइ दर्ता भएका १५ थान मुद्दामा प्रतिवादी बनाइएका १२० जनाको मुद्दा फिर्ता लिने निर्णय गरेको हो ।
महान्यायाधिवक्ता कार्यालयको रायका आधारमा मन्त्रिपरिषद बैठकले मुद्दा फिर्ताको निर्णय लिएको प्रवक्ता रुङले बताए । मुद्दा फिर्ता सम्बन्धी निर्देशिका, कानुन र संविधानको आधारमा यी मुद्दा फिर्ता लिने निर्णय भएको गुरुङले बताए ।

प्रतिक्रिया