निषेधाज्ञा क्षेत्रमा सुन चाँदीको कारोबार नहुने
अखबार टुडे
प्रकाशित:
२०७८, १५ बैशाख

काठमाडौं, १५ बैशाख । बिहीबारबाट लागु हुने निषेधाज्ञाका कारण देशका प्रमुख शहरहरुमा सुनको कारोबार नहुने भएको छ । कारोबार ठप्प हुने भएपछि आयात पनि रोक्ने निर्णय गरिएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । अहिले हरेक दिन बैंकमार्फत २० किलो कच्चा सुन अयात भइरहेको छ ।
निषेधाज्ञा अवधिभर महासंघको कार्यालयसहित निषेधाज्ञा घोषणा भएका क्षेत्रमा सुन चाँदीको कारोबार रोक्ने निर्णय महासंघले गरेको हो । तर सुनको बजार कारोबार मूल्य भने तोक्ने कार्य भने निरन्तर रहने महासंघले जनाएको छ ।

प्रतिक्रिया