बागमती प्रदेश : माधव पक्षलाई बाहिर राखेर मन्त्रिपरिषद् विस्तार
अखबार टुडे
प्रकाशित:
२०७८, १५ बैशाख

काठमाडौं, १५ बैशाख । वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री पौडेलले बुधबार नेता माधवकुमार नेपाल समूहलाई बाहिर राखेर नयाँ मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
विस्तारित मन्त्रिमण्डलमा सिन्धुपाल्चोकका सरेश नेपाल, नुवाकोटका केशव पाण्डे, दोलखाकी सरस्वती बस्नेतलाई मन्त्री र धादिङ २ ख का डा. रामकुमार अधिकारी सामाजिक विकास राज्यमन्त्री बनाएका छन् । मन्त्रीहरुको आजै ४ बजे शपथ रहेको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले जानकारी दिए ।

प्रतिक्रिया