राष्ट्रियसभा सदस्य खड्का पनि पदमुक्त
अखबार टुडे
प्रकाशित:
२०७८, १५ बैशाख

काठमाडौं, १५ बैशाख । माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् ।
राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले बुधबार सूचना जारी राजनीतिक दलसम्बन्धी ऐनअनुसार खड्का पदमुक्त भएको जनाएका छन् । माओवादी केन्द्रले खड्कालाई एमाले प्रवेश गरेको भन्दै कारबाही गरेपछि उनी पदमुक्त भएका हुन् ।

यसअघि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि राष्ट्रियसभा सदस्यबा पद मुक्त भइसकेका छन् । गत वैशाख ५ गते माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य बादलले दल त्याग गरेको सूचना संसद्मा पठाएसँगै उनी राष्ट्रिसभा सदस्यबाट पद मुक्त भएका हुन् ।

प्रतिक्रिया