नेता र कर्मचारीलाई कोरोना भएपछि कांग्रेस बैठक स्थगित
अखबार टुडे
प्रकाशित:
२०७८, १५ बैशाख

काठमाडौं, १५ वैशाख । नेता र कर्मचारीलाई कोरोना संक्रमण भएपछि आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।
एक नेताका अनुसार केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठसहित केन्द्रीय कार्यालयका कर्मचारी, नेताहरुको पीएसओ, चालक लगायतमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित भएको हो ।
आज बुधबार बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्था र आसन्न १४औं महाधिवेशनको तयारीबारे छलफल गर्न तय भएको थियो । अब अर्को बैठक कहिले बस्ने भन्ने टुंगो नभएको ती नेताले बताए ।

प्रतिक्रिया