‘झिमझिम परेली’को उत्कृष्ट टिकटक बनाउनेलाई २५ हजार पुरस्कार
अखबार टुडे
प्रकाशित:
२०७८, १५ बैशाख

काठमाडौं, १५ बैशाख । दर्पण नेपालको प्रस्तुति रहेको कृष्ण बजगाइँ निर्मित गोपी दाहालको ‘झिमझिम परेली’ बोल गीतको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो दर्पण मिडियाको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो ।
भिडियो रिलिज भएसँगै दर्शकबाट राम्रो प्रतिक्रिया आइरहेको निर्माणपक्षले जनाएको छ । पोखरालगायत विभिन्न स्थानमा छायाँकन गरिएको उक्त भिडियोलाई बरिष्ठ नृत्य निर्देशक कमल राईले निर्देशन गरेका हुन् ।
भिडियोमा सञ्जित के. घिसिङ र विशाल थापाको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन, श्याम कुँवरको कलर र सुमित गुरूङको कोरियोग्राफी रहेको छ । यस भिडियोमा ऋचा थापा र कमल सिंहको अभिनय रहेको छ ।
गोपी दाहालको शब्द तथा बिन्दु परियार र गोपी दाहालकै स्वर रहेको यस गीताम राजेन्द्र बजगाईको संगीत रहेको छ ।
यसैबीच यस गीतलाई टिकटक प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । निर्माण टिमका अनुसार जसले ‘झिमझिम परेली’ गीतको उत्कृष्ट टिकटक बनाउँछ, उसले २५ हजार रुपैयाँ पुरस्कार हात पार्ने बताइएको छ ।
निर्माण टिमले दिएको जानकारी अनुसार ‘झिमझिम परेली’को गीत र अफिसियल भिडियो रिलिज भएलगतै गीतको कुनैपनि अंशको टिकटक बनाउन पाइनेछ ।
टिकटक बनाएपछि उक्त टिकटक भिडियोको लिंकलाई कपि गरेर गोपी दाहाल अफिसियल फेसबुक पेजमा गएर मेसेज बक्समा गएर टिकटक भिडियोको लिंकलाई राखेर मेसेज गरी पठाउनुपर्नेछ । साथै, गोपी दाहाल अफिसियल फेसबुक पेजलाई लाईक तथा शेयरसमेत गरेको हुनुपर्ने बताइएको छ ।

प्रतिक्रिया