पूर्वराजा दम्पतिलाई अक्सिजनको सपोर्टमा राखेर उपचार
अखबार टुडे
प्रकाशित:
२०७८, १४ बैशाख


काठमाडौं, १४ बैशाख ।
पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार जारी राखिएको नर्भिक इन्टरनेशनल अस्पतालले मंगलबार जानकारी दिएको छ । कोरोना संक्रमित पूर्वराजा दम्पत्ति वैशाख ११ गते नर्भिक अस्पताल भर्ना भएका थिए ।
कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतुले पूर्व राजा र पूर्वरानीलाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरु दुबै जनाको अवस्था सामान्य र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया