अब कतार जान ४८ घण्टाको पीसीआर रिपोर्ट मात्रै मान्य
अखबार टुडे
प्रकाशित:
२०७८, १४ बैशाख


काठमाडौं, १४ बैशाख ।
अब नेपिालसहित ६ मुलुकबाट कतार जाने यात्रुहरुको साथमा कोरोना परीक्षण गरेको ४८ घण्टाको पीसीआर रिपोर्टमा मात्रै मान्य हुनेछ । दोहामा रहेको नेपाली दूतावासका अनुसार कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो ।
नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र फिलिपिन्सबाट आउने यात्रुका लागि कडा नियम बनाइएको छ । यी सबै देशबाट आउने यात्रु अनिवार्य १० दिन होटल क्वारेन्टिन वा १४ दिन मेकाइनिस क्वारेन्टिनमा बस्नुपर्नेछ । यो प्रावधान कतारमा खोप लगाइसकेका व्यक्तिलाई समेत लागू हुने भएको छ ।

प्रतिक्रिया