भारतमा चुनावी ¥याली हुन दिएको भन्दै अदालतद्वारा निर्वाचन आयोगको चर्को आलोचना
अखबार टुडे
प्रकाशित:
२०७८, १४ बैशाख

मद्रास, १४ बेशाख । सोमबार भारतको मद्रास उच्च अदालतका मुख्य न्यायाधीश सञ्जीव बनर्जीले त्यहाँको निर्वाचन आयोगका अधिकारीहरूलाई कोरोनाभाइरस महामारी फैलाउन भुमिका खेलेको भन्दै चर्को आलोचना गरेको छ । उनले कोरना सङ्क्रमण तीव्र गतिमा फैलिरहेको बेलामा पनि पाँचवटा राज्यमा ठूल्ठूला निर्वाचन ¥यालीहरू हुन दिएको र तिनिहरुमा कोभिडसम्बन्धी स्वास्थ्य मापदण्ड पालना गराउन नसकेकोमा चर्को आलोचना गरेको छ ।
अदालतको स्पष्ट आदेश हुँदाहुँदै पनि प्रचारप्रसारको बेला मास्क तथा स्यानिटाइजरको प्रयोग अनि भौतिक दूरीको नियम लागु गर्न नसकेको न्यायाधीशले बताए ।
त्यस्ता ¥यालीहरू भइरहेका बेलामा ‘आयोगका अधिकारीहरू कुन ग्रहमा थिए?’ भनेर न्यायाधीशहरूले प्रश्न गरेका छन् । उसले आयोगका अधिकारीहरूमाथि हत्याको आरोप लगाउनु पर्ने पनि बताए ।
ती राज्यहरू अहिले भाइरस सङ्क्रमणको दृष्टिकोणले ’हटस्पट’ बनेको बताइएको छ ।

हालै भारतका तीनवटा राज्य केरला, तमिलनाडु, आसाम अनि केन्द्रप्रशासित क्षेत्र पुदुचेरीमा चुनाव सम्पन्न भएका छन् । पश्चिम बङ्गाल राज्यमा अझैपनि मतदान जारी छ । त्यहाँ सोमवार सातौँ चरणको मतदान भएको थियो भने आठौँ तथा अन्तिम चरणको मतदान हुन बाँकी छ ।

प्रतिक्रिया