त्रिविका सबै परीक्षा स्थगित
अखबार टुडे
प्रकाशित:
२०७८, १३ बैशाख


काठमाडौं, १३ बैशाख ।
त्रिभुवन विश्वविद्यालयले सोमबार सबै परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय केन्द्रीय परीक्षा सञ्चालन समितिको सोमबार बसेको बैठकले भोलि मङ्गलबारदेखि हुने सबै परीक्षा स्थगन गरेको हो ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोरोना भाइरसको दोस्रो प्रकोपले देशका विभिन्न स्थानमा बन्दाबन्दी र निषेधाज्ञा भएका कारण अहिलेको स्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने भएकाले स्थगन गर्नुपरेको जानकारी दिए । उनले वातावरण सहज भएपछि परीक्षा सञ्चालन गरिने बताए ।
त्रिविको वार्षिक परीक्षाअन्तर्गत स्नातक तह र स्नातकोत्तर तह दोस्रो वर्षका परीक्षा सञ्चालन भइरहेका थिए । यही वैशाख १९ गतेसम्म सञ्चालन हुने परीक्षाअन्तर्गत मानविकी, शिक्षा र विज्ञान सङ्कायका केही विषय मात्र बाँकी थिए । यस्तै वैशाख १९ गतेदेखि स्नातकोत्तर तहको सेमेष्टरअन्तर्गतका परीक्षासमेत सञ्चालन गर्ने पनि तयारी थियो ।

प्रतिक्रिया