काठमाडौं उपत्यकामा एक हप्ता लकडाउन : बिहीबार रातिबाट लागु हुने
अखबार टुडे
प्रकाशित:
२०७८, १३ बैशाख


काठमाडौं, १३ बैशाख ।
कोरोना संक्रमणको जोखिम उच्च रहेको काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा जारी हुने भएको छ । तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बिहीबार राति १२ बजेबाट लागु हुनगरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेका हुन् ।
कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले महामारी रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुनेछन । सार्वजनिक, निजी सवारीसाधन बन्द गरिने छ । एम्बुलेन्स, शव वाहन, दमकल, कूनीतिक नियोग, प्रेसलगायतका गाडी चल्ने छन् । तर, अत्यावश्यक कामबाहेक हिँडडुलमा पनि कडाइ गरिने छ । खाद्यान्त, तरकारी, दूधलगायत दैनिक उपभोग्य वस्तुहरूका लागि बजार खुला गरिने छ। होटेल तथा रेष्टुरेन्टले होम डेलिभरीमात्र खुला गर्न पाउने छन् ।

प्रतिक्रिया