सरकारी कार्यालय सातामा दुई दिन बिदा दिन सीसीएमसीको सिफारिस : मन्त्रिपरिषद् बैठकमा छलफल हुने
अखबार टुडे
प्रकाशित:
२०७८, १३ बैशाख


काठमाडौं, १३ बैशाख ।
कोरोना संक्रमणको जोखिम बढ्दै गएको र यस बाट हुनसक्ने क्षतिलाई ध्यानमा राख्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सरकारी कार्यालयमा दुई दिन बिदा दिन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । संक्रमण रोकथामका लागि भीडभाड कम गर्न शनिबार र आइतबार बिदा दिन प्रस्ताव गरिएको जनाइएको छ । सीसीएमसीको यो प्रस्तावमाथि आज बस्ने मन्त्रिपरिषद् बैठकमा छलफल हुनेछ ।
आवश्यक पर्ने न्यूनतम कर्मचारीलाई राखेर कार्यालय संचालन गर्न पनि सिफारिस गरिएको छ । संक्रमण उच्च भएका ठाउँमा अत्यावश्यक सेवा बन्द गर्ने समेत उल्लेख छ ।

प्रतिक्रिया