सीसीएमसी बैठक : सरकारी कार्यलयमा दुई दिन विदाको प्रस्ताव
अखबार टुडे
प्रकाशित:
२०७८, १३ बैशाख

काठमाडौं, १३ बैशाख । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सरकारी कार्यालयमा हप्ताका दुई दिन बिदा दिन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । सोमबार बसेको सीसीएमसी बैठकले संक्रमण रोकथामका लागि भीडभाड कम गर्न शनिबार र आइतबार बिदा दिन प्रस्ताव गरिएको हो ।
उक्त प्रस्तावमाथि आज बस्ने मन्त्रिपरिषद् बैठकमा छलफल हुने भएको छ । आवश्यक पर्ने न्यूनतम कर्मचारीलाई राखेर कार्यालय संचालन गर्न पनि सिफारिस गरिएको छ । प्रस्तावमा संक्रमण उच्च भएका ठाउँमा अत्यावश्यक सेवा बन्द गर्नेसमेत उल्लेख छ ।
नीजि क्षेत्रको व्यापार तथा व्यावसायलाई बन्द गर्ने निर्णय गर्ने अधिकार भने जिल्ला प्रशासन कार्यालयलाई दिइएको छ । निषेधाज्ञाको निर्णय संघीय सरकारले नभएर जिल्ला प्रशासनले गर्ने अधिकार दिनसमेत सीसीएमसीले सिफारिस गरेको छ ।

प्रतिक्रिया