नेपालमा कोरोनाबाट एकैदिन २८ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, १२ बैशाख

काठमाडौं, १२ बैशाख । नेपालमा कोरोना संक्रमण बढ्दै जाँदा मृत्युग्राफ समेत बढ्दै गएको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट २८ जनाको मृत्यु भएको छ । एकैदिन यतिका संख्यामा मृत्युको भएको यो नेपालमा कोरोना देखिएयताकै धेरै हो ।
यस्तै, थप ३१२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२९२ पीसीआर परीक्षणमा ३०३२ र ७८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३१२२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४५० रहेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार शनिबारसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३१३६ रहेको थियो । तर, आइतबारको तथ्यांकमा मृतक संख्या ३१६४ पुगेको छ ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या १९ हजार ३८२ पुगेको छ । जसमध्ये १७ हजार ७८८ जना होम आइसोलेसनमा र १५९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै, आइतबारसम्म २५२ जना आईसीयूमा र ६५ जना भेन्टिलेटरमा उपचाररत मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया