कोरोना बढ्दै, आइतबार थपिए तीन हजार बढी संक्रमित
अखबार टुडे
प्रकाशित:
२०७८, १२ बैशाख

काठमाडौं, १२ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २९२ पीसीआर र ७८६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पीसीआर विधिबाट गरिएको परीक्षणमा ३ हजार ३२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । जसमध्ये एन्टिजेन विधिबाट ९० जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा १ हजार १३२ गरी १ हजार १९८ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया