उपत्यकाका तीन जिल्ला प्रशासनको अत्यावश्यकबाहेक सेवा बन्द
अखबार टुडे
प्रकाशित:
२०७८, १२ बैशाख

काठमाडौं, १२ बैशाख । कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले दिँदै आएको सेवा अत्यावश्यकबाहेक एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन् । आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसारसोमबारदेखि लागू हुनेगरी एक साताका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको हो । बैठकले अन्य कार्यालयहरुलाई पनि आलोपालो विधिबाट सेवा प्रदान गर्न आग्रह गर्ने निर्णय गरिएको छ ।
आइतबार नै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको स्वास्थ्य संरचनाले महामारीको अहिलेसम्मको अवस्था धानेको भएपनि समस्या बढ्दै गएमा बताएका थिए ।
सीसीएमसीको बैठकमा पछिल्लो समय नेपालमा कोरोनाभाइरसको डबल म्युटेट र ट्रिपल म्युटेट भाइरस पनि देखिएको र ती भाइरस असाध्यै छिटो फैलिने र संक्रमित व्यक्तिलाई अक्सिजन सपोर्ट चाहिने विषयमा उनको भनाइ छ ।

प्रतिक्रिया