बालुवाटारमा एमाले बैठक शुरु
अखबार टुडे
प्रकाशित:
२०७८, १२ बैशाख


काठमाडौं, १२ बैशाख ।
नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक केही समय अघि प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बिहान १०.३० बजे बैठक बोलाइए पनि दुई घण्टापछि मात्र शुरु भएको हो ।
पार्टीका समसामयिक विषयमा छलफल गर्न आज आकस्मिक बैठक बोलाइएको हो । यसअघि यही वैशाख १० गते बसेको बैठकले २६५ जना आयोजक कमिटी सदस्यको कार्यविभाजन गरेको थियो । बैठक बस्नुअघि एमालेका शीर्ष नेताबीच छलफल भएको थियो ।

प्रतिक्रिया