कोभिड अस्पतालमा आगलागी : अक्सिजन ट्याङ्की पड्किँदा कम्तीमा २३को मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, १२ बैशाख


इराक, १२ बैशाख ।
इराकको राजधानी बगदादस्थित कोभिड अस्पतालमा आगलगाी हुँदा कम्तीमा २३ जनाको ज्यान गएको छ । शनिवार राति उत्त अस्पतालमा शुरू भएको आगलागीमा परेर दर्जनौँ घाइते भएका छन् । उत्त घटना अक्सिजन ट्याङ्की पड्किँदा आगो लाग्न पुगेको रिपोर्टहरूमा जनाइएको छ ।
सुरक्षा निकायका प्रमुख मेजर जनरल कादिम बोहानले सञ्चारमाध्यमलाई बताएअनुसार अस्पतालको आईसीयू इकाईबाट आगलागी शुरू भएको जनाए ।
अहिलेसम्म आपत्कालीन उद्धार समूहले १२० मध्ये ९० जना बिरामी र उनका नातेदारलाई उद्धार गरेका छन् । यसैगरी कोभिड–१९का गम्भीर बिरामीहरूको उपचार गर्न छुट्ट्याइएको कक्षमा ३० जना बिरामी आईसीयूमै रहेको अस्पताल स्रोतले एएफपी समाचारसंस्थालाई बताएका छन् ।

इराकमा कोरोनाभाइरस फेब्रुअरीयता तीव्र रूपमा बढिरहेको छ र यो हप्ता सम्ममा १० लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार कुल १० लाख २५ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको र १५,२१७ जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ ।

प्रतिक्रिया