पद खारेजी मुद्धा : एमालेका चार नेताद्वारा दायर रिटमाथि आज सुनुवाइ
अखबार टुडे
प्रकाशित:
२०७८, १२ बैशाख

काठमाडौं, १२ बैशाख । नेकपा एमालेका चार जना नेताले आफूहरुसहित २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न र पुर्नस्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाई हुँदैछ ।
एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलको तर्फबाट संयुक्त रुपमा पेश गरिएको १४ बुँदे मागसहित उक्त रिटमा न्यायाधीश प्रकाश ढुंगानाको इजलासमा सुनुवाइ हुँदैछ । निवेदकले रिटमा ‘आफूहरुमाथि गर्न लागिएको निष्काशनको कारवाही उत्प्रेषण, प्रतिशोधको आदेशद्वारा बदर तथा रोक्का गरिपाउँ’ भनेका छन् ।
त्यस्तै आफूहरुले दल त्याग गरेको भनी एमालेले कारवाही गर्न सक्ने पूर्ण आशंका भएकाले सो कार्य रोक्न र संघीय संसद सचिवालयलाई पनि सांसद पद रिक्त गर्ने प्रक्रियाको पत्र गएमा सो कार्य नगर्न परमादेश माग गरिएको छ ।

प्रतिक्रिया