त्रिकोणात्मक टी-२० सिरिज : यसरी तोड्यो नेपालले आफ्नै कीर्तिमान
अखबार टुडे
प्रकाशित:
२०७८, ११ बैशाख

काठमाडौं, ११ बैशाख । त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटमा नेपाल च्याम्पियन बनेको छ । शनिबार घरेलु मैदान कीर्तिपुरमा भएको फाइनलमा नेपालले नेदरल्याण्डविरुद्ध १४२ रनको सानदार जित हासिल गर्दै कीर्तिमानी कायम गरेको हो ।
यसअघि ५ डिसेम्बर २०१९ मा नेपालले भुटानलाई १४१ को कीर्तिमानी जित दर्ता गराएको थियो । सोही रेकर्डलाई तोड्दै शनिबार नेपालले नेदरल्याण्डलाई १४२ रनले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको थियो । २३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड १७ ओभर २ बलमा सबै विकेट गुमाउँदै ९६ रनमा समेटियो ।
ब्याटिङमा नेदरल्याण्डका दुई खेलाडी रन आउट भए भने २ विकेट कमल ऐरीले लिए । यस्तै करण केसीले ३ विकेट लिए भने सन्दीप लामिछानेले पनि २ विकेट लिए ।
यसैगरी अविनाश बोहोराले १ विकेट लिए । यसअघि ब्याटिङतर्फ निर्धारित २० ओभरमा नेपालले ३ विकेटको क्षतिमा २ सय ३८ रन बनाएको थियो ।
टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालका लागि यो सबैभन्दा ठूलो योगफल हो । नेपालले सन् २०१९ मा भुटानविरुद्ध २ सय ३६ रनको योगफल तयार गरेको थियो ।
कुशल भुर्तेलले शृङ्खलाको चौथो अर्धशतक बनाउने क्रममा ५३ बलमा ७७ रन बनाए । उनले यस क्रममा ८ चौका र ३ छक्का हिर्काए ।
नेदरल्यान्डसँगको पहिलो खेलमा भुर्तेलले ६१, मलेसियासितको खेलमा ६१ तथा नेदरल्याण्डस्सितको दोस्रो खेलमा ६२ रन बनाएका थिए । बलमा अर्धसतक पुरा गरेका हुन् । मल्लले ५ छक्का र २ चौका प्रहारसँगै अर्धसतक पुरा गरेका हुन् । टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा मल्लको यो पहिलो अर्धशतक हो । साथै, दिपेन्द्रसिह ऐरीले अविजित १८ बलमा ४८ बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले ३३ र आसिफ शेखले १६ रन बनाए ।

प्रतिक्रिया