पछिल्लो २४ घण्टामा २६ सय बढी संक्रतिम, १४ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, ११ बैशाख

काठमाडौं, ११ बैशाख । नेपालमा शनिबार देशभर २६ सय १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १४ को मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६६८ जनामा परीक्षण गर्दा २६१९ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर विधिबाट ७ हजार ५२५ जनामा परीक्षण गर्दा २४८६ र एन्टिजेन विधिबाट ११४८ जनामा परीक्षण गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या २ लाख ९७ हजार ८७ र निको हुनेका कुल संख्या २ लाख ७७ हजार १२३ पुगेको छ । हालसम्म मृतकको कुल संख्या ३१३६ पुगेको पनि मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८२८ पुगेको छ ।

प्रतिक्रिया